काठमाडौं — नेवार समुदायहरुको विशेष पर्व इन्द्रजात्रा नजिक आइरहेको छ। यस अवसरमा आइतबार भक्तपुरको चित्तपोलबाट ल्याइएको यसिं (लिंगो)लाई नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिएको छ।

यस पर्वमा विशेषगरी गणेश र इन्द्र देवताको पूजा गरेर भजन कृतन गरिन्छ। भैरव र कुमारीको पनि पूजा गरिन्छ।



