५४ उपसचिव र १४ शाखा अधिकृतको सरुवा, २७ जना कर्मचारीलाई स्थानीय तहको जिम्मेवारी

काठमाडौं – सरकारले विभिन्न मन्त्रालय तथा निकायका ५४ जना उपसचिव र १४ जना शाखा अधिकृतको सरुवा गरेको छ । सरकारले प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित कर्मचारीहरूको सरुवा गरेको जनाएको छ।

सरकारले सरुवासँगै २७ जना कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत दिएको छ । उनीहरूलाई विभिन्न नगरपालिका तथा गाउँपालिकामा पठाएर प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी तोकिएको हो ।

सरकारले सेवा प्रवाहलाई थप प्रभावकारी र चुस्त बनाउन कर्मचारी व्यवस्थापनअन्तर्गत नियमित रूपमा सरुवा तथा जिम्मेवारी हेरफेर गर्दै आएको छ ।