बझाङमा भूकम्पबाट भएको क्षतिका बारे सिंहदरबारमा छलफल

काठमाडौं, असोज १८ गते । बझाङमा गएको भूकम्पबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकबाट भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल भइरहेको छ । बैठकले राहत, पुनःस्थापनालगायत विषयमासमेत निर्णय गर्नेछ ।

प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारीसमेत लिइसकेका छन्।

मङ्गलबार अपराह्न तीन बजेर ६ मिनुटमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ ।केही घाइते भएका छन् भने । धेरै घरपरिवार विस्थापित भएका छन् ।