सरकारबाट आममाफी पाएका रिगललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन

काठमाडौं, असोज २४ गते । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् ।

महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

महिला अधिकारकर्मी ज्यास्मिन ओझाले हजारौ भारतीहरुको न्यायका लागि मईतीघरमा आउन नपरोस भन्ने उदश्यले हामीले भारती मानन्धरलाई साथ दिएको बताउनुभयो । उहाँले भन्नुभयो, भारती मानन्दर एक पात्र मात्र हुन, यस्ता सयौ भारतीहरु छन, ।

भलि असोज २५ गते सर्वोच्चमा भारतीको पक्षमा पेस्की रहेको पनि उहाँले जानकारी दिनुभयो । त्यसैले भारतीले न्याय पाउनुपर्छ भन्दै सरकारलाई दवावका लागि हामिले प्रदर्शन गरिएको उहाँको भनाई छ । भारतीको पक्षमा वरिष्ठ अधिवक्ता डां सुरेन्द्र भण्डारी लगाएतका वकिलहरुले बहस गर्ने पनि उहाँले जानकारी दिनुभयो ,।

नकारात्मक सन्देश फैलाउने हरुलाई उहाँले, भन्नुभयाे, म के भन्नन चाहान्छु भन् हाम्रो स्वर्थ भनेको भारती मानन्धर जस्ता पत्रहरु यो समाजमा फेरीपनि जन्मिनुनपरोस र एउटा भारतीको केसका कारण रिगल जेल गईरहदा भोली यस्ता थुप्रै रिगलहरुले आम माफि पाउदैनन् भन्ने अपक्षकासाथ हामी लडिरहेका छो ।

खुँडा प्रहार गरेर व्यक्तिहत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।

रिगललाई रिहा गरेको बारेमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।