दसैंसँगै आकाशियो सुनको मुल्य, आजै एक लाख १५ हजार ५ सय रुपैयाँ पुग्याे

काठमाडौं, कात्तिक ३ गते । दशैं लागेसँगै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्दै गएको छ । आज दशैंको पाँचौदिनमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम गरेको छ । आज प्रतितोला ८ सय रूपैयाँले वढेर एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ।

यसअघि गत साउन ४ गते एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने हिजो मात्रै हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

अघिल्लो दिन बिहीबार सबैभन्दा उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज पुन नयाँ रेकर्ड कायम गरेको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ ।