महालक्ष्मी नगरपालिकाले गर्‍यो उत्कृष्ट करदातालाई सम्मान

ललितपुर, मंसिर ६ गते । महालक्ष्मी नगरपालिकाले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । करदाता दिवस २०८० को अवसरमा गएको आर्थिक वर्ष २०७९/०८० मा कर बुझाउने मध्यका १० जनालाई आज नगरपालिकाले सम्मान गरेको हो ।

कार्यक्रममा नगरप्रमुख हरिगोविन्द श्रेष्ठले कारदाता र नगरपालिकाबीच समन्वय हुनपर्ने धारणा राख्नुभएको छ । उहाँले एकआपसमा समन्वय नै भएन भने न कसैले कर तिर्छ न त उठ्ने ठाउँमा उठ्छ । समन्वय राम्रो भयो भने कर पनि उठ्छ र एक आपसमा हाम्रो समुन्वय पनि भईरहन्छ नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

उहाँले महानगरमा कर तिर्नेमा उत्कृष्ट सबैलाई प्रमाणपत्र दिएर सम्मान गर्नुभएकाे थियाे । नगरप्रमुख श्रेष्ठले कर तिरेर उत्कृष्ट हुनेहरूलाई धन्यवाद र बधाई दिनुभयाे । यसै गरी गएकाे वर्षमा पनि नगरपालिकाले करदाताहरूलाई सम्मान गरेकाे बताएनुभयाे ।

त्यस्तै उपप्रमुख लक्ष्मी महर्जनले नगरपालिकाले राजश्व शाखा अन्तरगत वर्षेनी कर उठाउँदै  आएको बताउनुभयाे ।  उहाँले नगरपालिकाका २० वटा शाखा छन्र जस मध्येको राजश्व शाखाले नै   कर उठाउने गर्छ, उहाँले भन्नुभयाे  ।  उपप्रमुख महर्जनले नगरपालिकाकाे यस चालु वर्षको बजेट दुई अर्ब सात करोड रहेको जानकारी दिनुभयाे ।  साे रकम मध्ये नगरपालिकाको आफ्नै आन्तरिक स्रोत जम्मा १६ करोड मात्र रहेको छ , उहाँले भन्नुभयाे  यो नगरपालिकाको दुखको कुरा हो ।

किन भने महालक्ष्मी नगरपालिका भौगोलिक हिसाबमा सानो भएतापनि याहाँको जनसंङ्ख्या एकदमै धेरै छ ।  क्षेत्रफलको आधारमा २६.५ वर्ग किलोमिटर रहेकोमा याहाँकाे जनसंख्या तीन लाख बढि छ, उहाँले भन्नुभयाे, तीन लाख जनतालाई विकास गर्न नगरपालिकाको आन्तरिक स्रोत जम्मा १६ करोड उठ्छ ।  त्यसैले याहाँको विकास कसरी गर्न सकिन्छ ? उहाँले भन्नुभयो, म नगरपालिकाको एक उपप्रमुखको नाताले यस नगरपालिकाकाे विकास कसरी गर्‍यउने भन्ने चिन्ता छ ।

तर हाम्रा नगरबासीले पनि हामीले नगरपालिकामा विभिन्न स्रोतमार्फत कर उठाउन नसक्ने र हामिले नै कर बुझाउनुपर्छ भन्ने आम नगरबासीले बुझ्नु जरुरी रहेको उहाँकाे भनाइ छ । नगरपालिकाको जनसंङ्ख्या धेरै छ तर याहाँको कर एकदम थोरै उठ्ने गरेकोमा उपप्रमुखले चिन्ता व्याक्त गर्नुभयो । उहाँले आगमी दिनमा यस्तो नर्गन आग्रह समेत गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरबासीले नियमित कर बुझाए समृद्ध नगर सुःखि नगरबासी काे हाम्राे परिकल्पना पुरा हुने बताउनुभयाे । नगरसभाले पास गरेको जुन आन्तरिक राजश्व १६ करोड भन्दा बढी लक्ष्य रहेको छ त्यो लक्ष्य हामी सबैको महत्वपूण योगदान रहने उहाँले बताउनुभयो । आमनगरबासीले बुझाएको करले नगरपालिकाले तपाईहरुकै विकास निर्माणमा लगानि गर्दै आएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयो, त्यसकारण यहाँ सम्पूर्ण नगरबासीहरुले नियमितरुपमा कर बुझाउनु भयो भने अवश्य पनि त्यो पैसा नगरको विकासका लागि खर्च हुने छ ।

नगरपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रमा वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, कर्मचारीलगाएतको सहमागिता थियो ।