काठामडौं — सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो।
विधेयकलाई पारित गरियोस् भनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तावलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरेसँगै विधेयक सभाबाट सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।



