बाजुराको धुलाचौरमा जीप दुर्घटा हुँदा एक जनाको मृत्यु, एक घाईते

बाजुरा, मंसिर १४ गते । बाजुराको धुलाचौरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको हिमाली गाउँपालिकाको केन्दै धुलाचौरबाट कोल्टी जादै गरेको लु.१ ज ४८२९ नम्बरको जीप बोल्डिक गाउँ नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका ९ का अन्दाजी २७/ २८ बर्षका मदन सार्की रहेका छन् ।

जीप चालक दल कुमार लावर्ट लाई प्रहरी चौकी धुलाचौरले नियन्त्रण लिएको छ । दुर्घटना के कसरी भएको भन्ने अनुसन्धान भईरहेको प्रहरीले जनाएका छन् ।