महालक्ष्मीमा रनिङ् शिल्ड प्रतियोगिताको समिक्षा बैठक सम्पन्न

ललितपुर, पुस ३ गते । महालक्ष्मी नगरपालिकाले समिक्षा बैठक सम्पन गरेको छ । मंगलबार महालक्ष्मीले चौथो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता २०८० को समिक्षा बैठक सम्पन्न गरेको हो । सो बैठक नगरपालिको सभाहलमा नगरप्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।

यहिँ मंसिर २४ देखि २६ गतेसम्म महालक्ष्मी नगरपालिकाले नगर स्तरिय चौथो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सञ्चालन गरेको थियो । सो रनिङ्शिल्ड प्रतियोगितालाई सफलता पूर्व सम्पन्न भएको जनाकारी दिन समिक्ष बैठक बसेको थियो ।

विद्यालय तहका विद्यार्थीको सिकाइ सक्षमता प्राप्त गर्न र अब्बल खेलाडी तयार गर्ने वातावरण सृजना गर्न नगरपालिकाले नगर स्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरेको नगर नि. प्रमुख प्रशासकिय अधिकृत तथा प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले बताउनुभयो ।

प्रत्यक वर्ष महालक्ष्मी नगरपालिकाले निर्देशिका २०७० चौथौ सँसोधन २०७९ तोके बमोजिम अनुशासित, मर्यादित र व्यवस्थित तरिकाले विद्यालय तहमा अध्ययनतर खेलाडिहरुको खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्दै स्थानीय तह देखि जिल्ला, प्रदेश हुँदै केन्द्रिय स्तरसम्म सहभागिता हुने अवसर प्रदान गर्न उद्श्यले सो प्रतियोगिता गर्दै आएको उहाँको भनाई छ ।

प्रमुख शिक्षा अधिकृत पौडेलले खेलको माध्यमबाट भातृत्व, एकता, सद्भाभाव, सहकार्य कायम गर्दै सबल समक्ष, स्वास्थय नागरिक तयार गर्ने र महालक्ष्मीलाई शैक्षिक हव निर्माण गर्न सहयोग गर्दै अब्बल खेलाडी तयार गर्ने वातावरण सृजना गर्ने बताउनुभयो ।

उहाँले गत वर्षभन्दा यस वर्ष विद्यालय र खेलाडीमा उल्लेख्य वृद्धि ३५ देखि ४१ सम्म भएको दाबी गर्नुभयो । उहाँले राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिताका लागि यस वर्ष विभिन्न समितिको निर्माण गरि कामको विभाजन गरि पूर्व तयारी गत वर्षभन्दा राम्रो भएको बताउनुभयो ।

“यस वर्ष खेलको जिम्मेवारी ४ वटा विद्यालयलाई व्यवस्थापकीय जिम्मेवारी दिएका थियौ,”उहाँले भन्नुभयो, “ती विद्यालयले सफलतापूर्व खेल समापन गरेका छन्” । यस वर्षको चौथो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा ४१ विद्यालयबाट सहभागि जनाएको उहाँले उहाँले बताउनुभयो । यस वर्ष खेलाडीको सहभागित हेर्द गत वर्षको भन्दै यस वर्ष खेल क्षत्रमा धेरै वृद्धि भएको उहाँको भनाई छ ।

उहाँका अनुसार ४१ विद्यालयका जम्मा एक हाजार चार सय ५० जना खेला विभिन्न खेलमा सहभागि भएका थिए । जसमध्ये भलिबलमा २१ विद्यालयका ११० छात्र र १६० छात्रा गरि जम्मा ३७० जना खेलाडी सहभागि भएका थिए । कवड्डी तफर्ल २२ विद्यालयका २२० छात्र र १७० छात्रा गरि जम्मा ३९० जना, एथ्लेक्टिसमा ३४ विद्यालयका छात्र ३३९ जना र छात्रा २३०, मार्शलआर्टका लागि जम्मा १७ विद्यालयका ६४ छात्र र ५७ छात्रा गरि जम्मा १२१ जना खेलाडीे सहभागि भएको उहाँले जनाकारी दिनुभयो ।

यस वर्षको चौथो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा उत्कृष्ट विद्यालय १० वटा भएका थिए भने यस वर्षको रनिङ्शिल्ड प्रतियोगिताको उपाधी पवन प्रकृति अंग्रेजी माध्यमिक विद्यालयले हात पारेको छ । पवन प्रकृतिले सो प्रतियोगितामा ६ वटा खेलमा प्रथम, ३ द्धितिय ८ तृतीय गरि जम्मा १७ मेडल लिन सफल भएको थियो ।

प्रथम स्थान प्राप्त गर्ने विद्यालय संख्या १८ दोस्रो स्थान १९, तृतीय हुने २१, तीन वटै मेडल प्राप्त गर्नेमा १०, कुनै न कुनै मेडल प्रप्त गर्नेमा ३० र कुनै पनि मेडल प्राप्त नगर्ने विद्यालयमा ११ रहेका छन् ।

“उहाँले खेल सुरु हुनुभन्दा अघी प्रभात फेरी, पूर्व प्रचार प्रसार जानकारी प्रदान, सञ्चार कर्मीको भरपुर साथ सहयोग, समन्वय, सहकार्य र जिम्मेवारी बोधका साथ सकृय र सार्थक सहभागितमा खेल सम्पन्न भएको बताउनुभयो” ।

खेलको उद्घाटन तथा समापन सत्रमा नगरपालिकाको शिङ्गो जनप्रतिनिधिको जनप्रतिनिधि, विद्यालयका प्रअ, शिक्षक, विद्यार्थीलगायतको सहभागीता रहेको शिक्षा प्रमुख पौडेलले बताउनुभयो । सबैको सहभागितामा ओलम्पिक टर्चबाट कार्यक्रमको उद्घाटन गरिएको थियो भने झण्डोतलनबाट कार्यक्रको समापन गरिएको थियो ।