तस्विरमा ३०२ औँ पृथ्वी जयन्ती 

काठमाडौँ, पुस २७ गते । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२ औँ जन्मजयन्ती मनाईएको छ ।  पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेर मनाईएको हो ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।
सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा विभिन्न राजामा आस्थावन व्याक्तिहरुले पुष्पहार अर्पण गरेका छन् ।