उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्दै

काठमाडौं, माघ २६ गते । सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अपरान्ह ३ बजे बस्ने भएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो ।

बिहीबार अपरान्ह ३ बजे संयन्त्रको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ ।

बुधबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय भएको थियो ।

संयन्त्रको बैठकमा राष्ट्रपतिको पद उम्मेदवारलगायतका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ ।