मीनबहादुर गुरुङबाट जग्गा दान लिने बाटाे खुल्याे एमालेलाई

काठमाडौँ —  नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट जग्गा दान लिने बाटाे खुलेकाे छ।

सर्वोच्च अदालतले जग्गा दान लिने निर्णयविरुद्धकाे रिट खारेज गरिदिएपछि एमालेलाई गुरुङबाट जग्गा दान लिने बाटाे खुलेकाे हाे।

साेमबार अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले जग्गा दान लिनेविरुद्धकाे रिट निवेदन खारेज गरेकाे हाे।

Laxmi sunrise bank 2034

गएको दसैंकाे फुलपातीका दिन गुरुङले एमालेकाे केन्द्रीय पार्टी कार्यालय बनाउन जग्गा दिनेसँगै भवन बनाइदिने पनि घोषणा गरेका थिए।

कुनै व्यापारिक घरनाबाट जग्गा दान लिँदा स्वार्थकाे द्वन्द्व हुने र त्यसले नीतिगत निर्णयमा असर पुग्ने भन्दै उक्क घोषणाकाे विराेध भएकाे थियाे।

गुरुङको उक्त निर्णयकाविरुद्धमा अधिवक्ता डा. ज्ञानबहादुर बस्नेत लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

Shivam Cement

उक्त रिट साेमबार खारेज गरिदिएकाे हाे।