कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकन हुने

काठमाडौँ  — नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकन हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदनमा आदेश जारी गर्दै सर्वोच्च अदालतले गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकनको लागि अनुमति दिएको हो।

यसअघि सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन त्रुटिपूर्ण रहेको भन्दै निलम्बनको निर्णय बदर गरिदिएको थियो। उक्त फैसला सर्वोच्चबाट प्रतिपादित कानुनी सिद्धान्तसँगसमेत प्रतिकूल देखिएको भन्दै न्यायाधीशहरू सपना  प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको हो।

Nobel Medical college

गुरुङ ०७९ सालको आमनिर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा गुरुङलाई विशेष अदालतले कसुरदार ठहर गरेकोमा पुनरावेदनपछि सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले निलम्बन फुकुवाको आदेश गरेको थियो।