
काठमाडौं— ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ ।
‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनकाक्रममा झडप भएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा परी प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन्। उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिको जुलुस बानेश्वरस्थित बेकरी क्याफे अगाडि पुग्दा झडप भएको थियो। प्रदर्शनकारी तर्फपनि केही व्यक्ति घाइते भएको जनाइएको छ।