तीन टाउकेहरूले आफूलाई ‘छोटे राजा’ देखाउन थाले: बाबुराम भट्टराई

काठमाडौं —  नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म ‘सबै ठिक छ’ भनेर गफ दिने र सरकारबाट गएको भोलिपल्टदेखि ‘खत्तम भयो’ भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन्।

बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलले आफूहरूलाई छोटे राजा जस्तो देखाउन खोजेको आरोप लगाए।

Laxmi sunrise bank 2034

उनले भने, ‘अर्का खाले वैद्यको रुपमा तीनवटा टाउको अहिले देखिएका छन्। तिनीहरूले आफूलाई छोटे राजा जस्तो पनि देखाउँछन्। संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छ। तीनै तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन्। अहिले सरकारमा रहेसम्म सबै ठिक ठाक छ। समृद्धि आएको छ, भनेर गफ दिन्छन् अनि सरकारबाट गएको भोलिपल्टदेखि खत्तम भयो बर्वाद भयो भनेर हिड्छन्।’

उनले जनताले फ्याँकिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गर्दै राजावादीहरूको प्रदर्शनलाई कुनै महत्व दिन आवश्यक नभएको पनि बताए।

अध्यक्ष भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नभएको कारण पहिले नै संविधान आधा मात्र छ भनेर आफूले आवाज उठाएको स्मरण गरे।