तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहसँग बयान लिनुपर्छ :: रघुजी पन्त

काठमाडौँ— नेकपा एमालेका सांसद रघुजी पन्तले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि बयान लिनुपर्ने बएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पूर्वराजाको पनि संलग्नता देखिएको भन्दै उनीसँग पनि बयान लिनुपर्ने बताए ।

‘श्री ५ भनेर सूचना जारी गर्न लगाउने र गर्नेलाई किन कारबाही नगरेको? नागरिकको अधिकार ज्ञानेन्द्रलाई छ,’ उनले गृमन्त्रीलाई पेश्न गरे, ‘भीडमा सुरक्षार्कीलाई पेल्नेगरी गाडी ल्याउँदा दुर्गा प्रसाईंलाई किन नपक्रिएको? यस घटनामा ज्ञानेन्द्र शाहको भूमिका भए बयान किन नलिएको?’

यस्तै, उनले तीनकुने घटना हिंसात्मक प्रदर्शका कारण भएकाले तयसमा न्यायिक छानबिन आयोग गठन गर्न नहुने तर्क गरे।

‘आपराधिक घटनामा सरकारले न्यायिक आयोग गठन गर्न हुँदैन। शान्तिपूर्ण आन्दोलनमा क्षति भए आयोग गठन हुने हो,’ उनले भने।