प्रचण्डको गुनासोः ‘१७ हजारको हत्यारा’ भन्छन्, एक जनालाई पनि पिटेको छैन

काठमाडौँ—  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफूलाई ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइएको भन्दै गुनासो गरेका छन्।

शनिबार खिमलाल देवकोटाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई हत्यारा भनिरहँदा आफूले एकजना मान्छेलाई पनि कहिल्यै नपिटेको बताए।

Laxmi sunrise bank 2034

‘एकथरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेले १७ हजारको हत्यारा भनिरहँदा यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो। राज्यपक्ष र विद्रोहीले कति गर्‍यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ। आजभोलि त प्रचण्डले भन्न थालिएको छ,’ प्रचण्डले भने, ‘मैले एक जनालाई पनि पिटेको छैन अहिलेसम्म। हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु। तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीवीबाट यसमा खण्डन भएको देखिँदैन।’

सेना समायोजन र हतियार व्यवस्थापनका लागि पनि सबैभन्दा बढी जोखिम माओवादीले उठाएको उनको जिकीर थियो। उनले यस विषयमा पार्टीका नेता/बुद्धिजिवीहरू मौन बसेकोमा असन्तुष्टि व्यक्त गरे।