ओलीले शिक्षकको ‘अपमान’ गरे, अब एक दिन पनि नेतृत्वमा बस्न मिल्दैनः प्रचण्ड

काठमाडौं  — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको  अवसरमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारको जन्म नै भष्टाचारीको रक्षा गर्न भएको बताए।

उनले भने, ‘अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको सरकारको जन्म नै अप्राकृतिक छ। अलोकतान्त्रिक छ, अपारदर्शी छ, असंवैधानिक छ। यसले गर्ने भनेको भष्ट्राचारीको रक्षा हो। यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ, हजारौं र लाखौं शिक्षक सडकमा छन। ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ।’

Laxmi sunrise bank 2034

उनले सरकार शिक्षकका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरूलाई अपमानित गर्न लागेको बताए। उनले शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर गम्भीर रुपमा संवाद गर्नसमेत सरकारलाई सुझाव दिए।

उनले भने, ‘शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो। मैले धेरै मेहनत गरेर त्यो विद्येयक संसदमा पुर्‍याएको छु। उपसमितिमा छलफल छ। त्यसलाई छलफल गरेर टुंग्याउनेबारे शिक्षकहरुसँग किन कुरा गरिँदैन? किन शिक्षकहरूलाई अपमानित गरिन्छ?’