पूर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा

काठमाडौं  —  भारत भ्रमणमा रहनुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्। डा. भट्टराईको सचिवालयका अनुसार उहाँले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग सोमबार भेटवार्ता गरेका थिए।

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा संवाद भएको जनाइएको छ।

Laxmi sunrise bank 2034

सो अवसरमा पूर्वप्रधानमन्त्री डा भट्टराईले हालै कश्मिरको पहेलगाममा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए। डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनका क्रममा उनी भारत गएका हुन्।