कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको गुनासो

काठामडौं   — नेपालको कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको सरोकारवालाहरुले गुनासो गरेका छन्।

नेपाल कृषि अनूसन्धान परिषद् (नार्क)को ३४औं स्थापना दिवसको पूर्वसन्ध्या पारेर आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन्।

नार्कका निमित्त कार्यकारी निर्देशक डा. दोजराज खनालले  भविष्यमा झनै पर्न सक्ने खाद्यान्न संकटलाई उत्पादनमा केन्द्रित गर्न राज्यले अनुसन्धानमा जोड दिनुपर्ने बताए।

Laxmi sunrise bank 2034

कार्यक्रममा निर्देशक डा. भानुभक्त पोखरेलले ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेको र जिडीपिको २५ प्रतिशत कृषिमा आशृत भएपनि कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको बताए। नार्कमा ०.१९ प्रतिशत मात्रै राज्यको लगानी रहेको उनले बताए।

त्यस्तै राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र का प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले गत वर्ष नेपालको केरा उद्योगलाई हाम्रा वैज्ञानिकहरुले समयमै रोग चिनेर ध्वस्त हुनबाट बचाएको जानकारी गराउँदै राज्यले नार्कका वैज्ञानिक चिन्न नसकेको गुनासो गरे। उनले दरबन्दीको आधा पनि कर्मचारी नभए पनि नार्कले आफ्नो गतिविधि चुस्त बनाएको बताए।

Narkaa-1746626630.jpg
कार्यक्रममा प्रकाशन प्रसारणलाई नयाँ मिडिया माध्यमको पनि प्रयोग गर्नुपर्ने, हरेक तीन महिनामा अन्तरक्रिया छलफल गर्नुपर्ने र मिडिया व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको अवधारणा अनुरुप २०४८ वैशाखमा स्थापना भएको स्वायत्त सरकारी संस्था हो।

कृषि सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, कृषि क्षेत्रका समस्याहरुको निराकरणका उपायहरु पत्ता लगाउने र कृषि सम्बन्धि नीति तर्जुमा लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने उद्देश्यले नार्कको स्थापना गरिएको हो।