नेपालमा पनि क्यानडा राजदूतावासको व्यवस्था गर्न आग्रह

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसमक्ष नेपालमा पनि क्यानडाको आवासीय राजदूतावासको व्यवस्था अविलम्ब गरिदिनहुन आग्रह गरेको छ । नेपालीलाई क्यानडाको भिसा लिन इन्डियाको दिल्ली जानुपर्ने बाध्यतालाई मध्यनगर गर्दै ग्रेटर नेपाल नेपालमै क्यानडाको ओट्टावामा आवासीय राजदूतावास स्थापना गर्न आग्रह गरेको हो ।

आर्थिक भार , भौगोलिक दूरी र व्यक्तिगत सुरक्षाका कोणबाट हेर्दा भिसा लिन दिल्ली पुग्नु धेरै झन्झटिलो, असुरक्षित र खर्चिलो छ । क्यानडाको आवासीय राजदूतावास काठमाडौंमा स्थापना गरिएमा कूटनीतिक हिसाबले मात्रै होइन, मानवीय दृष्टिले पनि निकै उपयोगी हुने बताइएकाे छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको अस्ताक्षण्मा क्यानडा सरकारलाई लेखिएको पत्रमा यस्तो छ ।

१९६५ जनवरी १८ मा नेपाल र क्यानडाबीच दौत्य सम्बन्ध स्थापना भएयता यी दुई देशबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । २००९ अक्टोबर १ मा नेपालले क्यानडाको ओट्टावामा आवासीय राजदूतावास स्थापना गरेपछि यो सम्बन्ध थप प्रगाढ भएको छ । क्यानडाको आवासीय राजदूतावास काठमाडौँमा खोलिएमा यो सम्बन्ध अझ कसिलो र बलियो बन्ने निश्चित छ ।

नेपालीलाई क्यानडाको भिसा लिन इन्डियाको दिल्ली जानुपर्ने बाध्यता हरेक दृष्टिकोणबाट पीडादायक देखिन्छ । आर्थिक भार , भौगोलिक दूरी र व्यक्तिगत सुरक्षाका कोणबाट हेर्दा भिसा लिन दिल्ली पुग्नु धेरै झन्झटिलो, असुरक्षित र खर्चिलो छ । क्यानडाको आवासीय राजदूतावास काठमाडौंमा स्थापना गरिएमा कूटनीतिक हिसाबले मात्रै होइन, मानवीय दृष्टिले पनि निकै उपयोगी हुनेछ ।

यसले सार्वभौमसत्तासम्पन्न दुई मुलुक नेपाल र क्यानडाबीचको सम्बन्धलाई व्यावहारिक रूपमा पनि नयाँ उचाइमा पु¥याउनेछ र नेपालबाट क्यानडा जानचाहने मानिसहरूका साथै नेपालबाट घर फर्किने क्यानडाली नागरिकहरूसमेत धेरै लाभान्वित हुनेछन् ।