मिश्र र प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठामडौं   — जिल्ला अदालत काठमाडौंले तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बिहीबार न्यायाधीश मोना सिंहको इजलासले राज्य विरुद्धको कसुरमा  उनीहरूलाई सातौं पटक म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

रवीन्द्र मिश्रमाथि फेरि अर्को मुद्दा थपिएको छ। यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका मिश्रमाथि फेरि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपिएको छ।

Laxmi sunrise bank 2034

मिश्रले आफूलाई मुद्दामाथि मुद्दा लगाइएको भन्दै इजलाशसमक्ष आपत्ति जनाएका छन्। उनले न्यायालयबाट आफूले न्याय पाउने आशा राखेको भन्दै इजलाससमक्ष न्यायको याचना गरेका छन्।