संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादवसहित चार महिला पक्राउ

काठमाडौं, फागुन ३ गते । घरेलु हिंसाबाट पीडित बनेकी बिनु यादव संघीय संसद् भवन अगाडिबाट पक्राउ पर्नुभएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उहाँले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आउनुभएको छ । कठायतले उहाँसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराउनुभएको थियो । अदालतको फैसलापछि उहाँले अदालत परिसरमै विष सेवन पनि गर्नुभएको थियो ।

पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिनुभएको थियो । केही अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उहाँ पक्राउ पर्नुभएको थियो ।

यस्तै प्रहरीले जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गरीकी श्रीमती आरती रावल गिरी र कृतिका यादवलाई पनि पक्राउ गरेको छ ।