रविको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा

काठामडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई सोमबार पनि स्थगित भएको हो।

उक्त मुद्दा सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको थियो। तर, सोमबार पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरिएको छ।

Laxmi sunrise bank 2034

उक्त मुद्दनको पेशी मंगलबारका लागि तोकिएको छ। लामिछानेको वन्दीप्रत्यक्षीकरण रिट यसअघि पाँच पटक हेर्न नमिल्नेमा परेको थियो।

पूर्वगृहमन्त्री रहेका लामिछाने हाल भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेश अनुसार लामिछाने पुर्पक्षका लागि थुनामा रहेका हुन् । लामिछानेको थुनामुक्तिका लागि उनकी श्रीमती निकिता पौडेलले वन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन्।