रविको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा

काठामडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाई हुने भएको छ।

सो रिट आज सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ। यो रिटको पेसी मंगलबार तेस्रो नम्बरमा परेको छ।

Laxmi sunrise bank 2034

यसअघि यो रिट लागतार छैठौं पटक हेर्न नमिल्नेमा परेको थियो। पूर्वगृहमन्त्री रहेका लामिछाने हाल भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेश अनुसार लामिछाने पुर्पक्षका लागि थुनामा रहेका हुन् । लामिछानेको थुनामुक्तिका लागि उनकी श्रीमती निकिता पौडेलले वन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन्।