डा.विश्व पौडल गभर्नर बन्दै, प्रधानमन्त्री ओलीले जनाए सहमति

काठमाडौँ — प्रधानमन्त्री केपी ओली अर्थविद् डा.विश्व पौडललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन सहमत भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा प्रधानमन्त्री ओली पौडेललाई गभर्नर बनाउन सहमत भएपछि साँझ मन्त्रिपरिषद्को बैठक समेत डाकिएको छ।

मंगलबार ओली र देउवाबीच भएको छलफलबाट पौडेललाई गभर्नर बनाउन सहमती जुटेको जनाइएको छ।

Laxmi sunrise bank 2034

गभर्नर नियुक्तिका लागि प्रधानमन्त्री ओलीले बेलुकी ५ः३० बजे मन्त्रिपरिषद् बैठक समेत डाकेका छन्। त्यसअघि उपप्रधान तथा अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्दैछ।

अर्थविद् पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । त्यसअघि उनी आयोगमा सदस्य थिए।