एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौँ —  २४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकलाई उदृत गर्दै बिबिसी हिन्दीले २०४ जनाको शव भेटिएको पुष्टि गरेको छ।

मलिकका अनुसार केहीकाे अस्पतालमा उपचार भइरहेको छ भने राहत तथा उद्धार कार्य पनि जारी छ।

Shivam Cement

गुजरातको अहमदावादबाट लण्डनका लागि दिउँसो १ः३८ बजे उडान भरेको बोइङ ७८७ ड्रिमलाइनर विमान (फ्लाइट नं एआई–१७१) दुई मिनेटपछि नै दुर्घटनामा परेको थियो। विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानडियन नागरिक सवार थिए।