राष्ट्रपति पौडेलद्वारा एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको यात्रुबाहक विमानन दुर्घटनाको खबरले स्तब्ध भएको बताउँदै दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

Shivam Cement

दुर्घटनामा विमानमा सवार २४२ जना यात्रुको मृत्यु भएको छ भने जनिमा रहेका १५ जनाको पनि मृत्यु भएको आशंका गरिएको छ।

पौडेलले एक्समार्फत् दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले भनेका छन्, ‘अहमदाबादबाट लन्डनका लागि उडेको एअर इन्डियाको यात्रुबाहक विमान दुर्घटनामा परेको खबरले मलाई स्तब्ध बनाएको छ। दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’