गण्डकीमा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन

काठमाडौँ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आइतबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन्।

Shivam Cement

चालुतर्फ १२ अर्ब ६३ करोड अर्थात् ३९ दशमलव ५ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात् ५९ दशमलव ७ प्रतिशत बजेट विनियोजन भएको छ। यस्तै, वित्तीय व्यवस्थापनका लागि २५ करोड विनियोजन गरिएको छ।

अर्थ मन्त्री गुरुङले आन्तरिक आम्दानी ५ अर्ब ४५ करोड हुने र १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने बताउँदै नपुग सवा २ अर्ब रुपैयाँ चालु आवको बजेटबाट खर्च नभई सञ्चित कोषमा रहने समेत उनले बताए।