माओवादी केन्द्र र विप्लपको नेकपाबीच एकता हुने

काठमाडौं —  नेकपा माओवादी केन्द्र र नेद्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच एकता हुने भएको छ। मंगलबार सकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लपको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको हो।

बैठकपछि प्रवक्ता अग्नी सापकोटाले नेकपासँग पार्टी एकता गर्ने सहमति भएको र त्यसका लागि वार्ता टोली बनाएर छलफल अगाडि बढाइने बताए।  यस्तै, उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीेका एकताका बारेमा पनि छलफल भइरहेको बताए ।

Shivam Cement

‘उहाँहरु पनि समाजवादी मोर्चामै हुनुहुन्छ, उहाँहरुसँग छलफल चल्दैछ । निष्कर्षमा पुगेका छैनौं,’ उनले भने, ‘विप्लव नेतृत्वको नेकपासँग एकताका बारेमा निर्णय नै गरिसकेका छौं।