काठमाडौंको शंकरापुरमा बस दुर्घटना

काठमाडौं – काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा जाने सडकखण्डमा बस दुर्घटना भएको छ ।

केहीबेर अघि भएको दुर्घटनामा बस सडकबाट करिब ६० देखि ७० मिटर तल खसेको स्थानीयले बताएका छन् ।

दुर्घटनापछि एम्बुलेन्समार्फत घाइतेहरूको उद्धार कार्य जारी रहेको छ। हालसम्म मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण खुल्न सकेको छैन।

दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।