बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, – राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाह लाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नयाँ सरकार गठन प्रक्रियाअन्तर्गत शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो। नेपालको संविधानअनुसार धारा ७६ (१) ले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री शाहको नेतृत्वमा अब नयाँ मन्त्रिपरिषद् गठन हुने अपेक्षा गरिएको छ । नयाँ सरकार गठनसँगै देशको समसामयिक राजनीतिक तथा विकासात्मक एजेन्डाले गति लिने विश्वास गरिएको छ ।