काठमाडौं – सरकारले भोलिदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, उक्त निर्णयअनुसार अब सरकारी कार्यालय तथा शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा हुनेछ। यससँगै शनिबार र आइतबार दुवै दिन सरकारी कार्यालय तथा विद्यालय–कलेज बन्द रहनेछन्।
सरकारले प्रशासनिक कामकाजलाई व्यवस्थित बनाउने तथा कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ। नयाँ व्यवस्था भोलिदेखि नै लागू हुने बताइएको छ।



