आज प्रतिनिधिसभा बैठक बस्दै, तीन विधेयक पेश हुने सम्भावना

काठमाडौं – प्रतिनिधिसभा को बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।

संघीय संसद सचिवालय का अनुसार आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गरिने सम्भावना रहेको सचिवालयले जनाएको छ।

उक्त विधेयकहरू प्रस्तुत भएपछि संसदमा थप छलफलको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।