उपसभामुखमा बार्गेनिङ होइन, चुनाव हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि चुनाव हुनुपर्ने बताएका छन्।

उपसभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको दोहोर्‍याउँदै उनले पद बाँडफाँडका लागि बार्गेनिङ नगरी लोकतान्त्रिक प्रक्रियाअनुसार चुनाव गरिनुपर्ने धारणा व्यक्त गरेका हुन्।

“उपसभामुखको चुनाव हुनेछ, छलफल गर्नुस्, बार्गेनिङ होइन,” साम्पाङले भनेका छन्।

उपसभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। यस पदका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी ले पनि दाबी गर्दै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत रहेकाले उसले समर्थन गरेको उम्मेदवार उपसभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ। रास्वपाले श्रम संस्कृति पार्टी वा राप्रपामध्ये कुनै एक दललाई समर्थन गर्ने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा छ।