काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल कार्यक्रम आज बुधबार मध्याह्न १२ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने छ ।
कार्यक्रममा सहभागी सांसदहरूले आफू–आफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा राख्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार उक्त अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।



