काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर सडकखण्ड यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताएका छन् ।
प्रधानमन्त्री शाहले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत पर्ने कृष्णभिरमा पहिरोका कारण अवरुद्ध सडक यही महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि कृष्णभिरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक सञ्चालनमा आउन महिनौँ लाग्न सक्ने समाचार सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री शाहले भने पहिरो पन्छाएर तथा सडक पुनर्निर्माण गरी यही महिनाभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
उनले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको अकल्पनीय क्षतिबारे पनि प्रतिनिधिसभालाई जानकारी गराउनुभएको थियो ।
बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेपछि अवरुद्ध यातायात सञ्चालन तथा पुनर्निर्माणका कामलाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताएका छन् ।



