काठमाडौँ – त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।
सांसद श्रीराम न्यौपानेका अनुसार मेकानिकल फोरम्यान सञ्जय साहको सुरुङबाट जीवितै उद्धार गरिएको हो । त्यसपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार मेकानिकल सुपरभाइजर कवीर महर्जनको पनि जीवितै उद्धार गरिएको छ ।
यसअघि साहको उद्धार गरिएको थियो भने त्यसपछि महर्जनलाई पनि उद्धार टोलीले बाहिर निकालेको हो । दुवै जनालाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।
सुरुङभित्र अझै अन्य व्यक्ति रहेको जानकारी प्राप्त भएको जनाइएको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।



