स्थानीयले लगाए वडा कार्यालयमा ताला

बुटवल, फागुन १६ गते । बुटवलको देवीनगर चोकदेखि रंगशाला जाने सडक निर्माण छिटो पूरा गर्न माग गर्दै स्थानीयले बुटवल उपमहानगरपालिक वडा नम्बर ११ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

२०७४ सालमा काम सुरु भएको उक्त सडक निर्माणको काम अदालतमा मुद्दा परेपछि रोकिएको थियो । पछि २०७८ साउन २९ मा पुनः ठेक्का भएपनि कामै नभएको भन्दै दबाव दिन स्थानीयले तालाबन्दी गरेका हुन् ।

वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेपछि दबाव दिन तालाबन्दी गरेका बताउनुभयो ।

उक्त सडक ६ करोड ४९ लाख २४ हजार रुपैयाँमा २०७९ साउन मसान्तमा पूरा गर्ने गरी रायमाझी निम कन्स्ट्रक्सन जेभी तिलोत्तमाले ठेक्का पाएको थियो । तर ठेकेदारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि भएको भन्दै काम रोकेको थियो ।