सत्ता साझेदार दलहरूको बैठक आज बस्दै, मन्त्रिमण्डल विस्तारका बारेमा छलफल हुने

काठमाडौं, फागुन २१ गते । आठ दलिय गठबन्धन सत्ता साझेदार दलहरूको बैठक बोलाईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा छलफल हुने बुझिएको छ ।

४ बजे बस्ने बैठकमा मन्त्रिमण्डलमा भागबन्डा लगायतका विषयमा सहमति जुटाउने प्रयास हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेस लगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएका थिए ।

अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् ।