राष्टपति निर्वाचनमा नेमकिपाको भोट एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई : प्र‍ेम सुवाल

भक्तपुर, फागुन २३ गते । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्टपतिको चुनावमा नेमकिपाको भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउनेलाई दिने बताउनुभयो ।

यसका लागि राष्टपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई यही व्यहोराको चिठी पठाएको उहाँले बताउनुभयो ।

उहाँले राष्टपतिका उम्मेदबारहरुले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताउनुभयो । दुवै राष्टपतिका उम्मेदवारहरु भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उहाँको भनाई छ ।