महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डु पुग्नुभयो

भक्तपुर, फागनु २४ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गर्नुभएको छ ।

बुधबारसूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुन्डु स्थित नेता बस्नेतको निवासमा साह पुग्नुभएको हो । साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो ।

मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गर्नुभएको थियो ।