‘तेरे नाम’का निर्देशक सतीश कौशकको निधन

मुम्बई, फागुन २५ गते । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ ।

शवना आजमीको निवासमा मस्तसँग ७ मार्चमा होली मनाएर उहाँ पारिवारिक होली खेल्न दिल्ली जानुभएको थियो । महिमा चौधरी, जाबेद अख्तरसँग होली खेलेको त्यो होलीको तस्विर उहाँले सामाजिक सञ्जालमा राख्नुभएको थियो ।

परिवारसँग होली खेलिरहनुभएका उहाँले असहज महशुश गरे पछि फरटिज अस्पतालमा भर्ना गरिएको थियो, उहाँले राती सदाका लागि संसार छाडेको भारतीय मिडियाले जनाएका छन ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित हुनुहुन्थो । कौशिकले ‘हम आपके दिलमे रहेते है’ ‘तेरे नाम’ जस्ता चर्चित फिल्म निर्देशन गर्नुभएको थियो ।

कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा ‘साजन चले ससुराल’ बाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाउनुभउको थियो ।