ललितपुरका शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ

ललितपुर, फागुन २५ गते । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृतलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो ।