वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं, चैत १० गते । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उहाँको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो ।

काभ्रेको बनेपामा जन्मिनुभएको उहाँ रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुनुहुन्थो । उहाँ निमोनियाबाट पीडित हुनुहुन्थो ।

२०१८ साल जेठ २४ मा रेडियो नेपालमा प्रवेश गर्नुभएको ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गर्नुभएको थियो । रेडियो नेपालमै उहाँले नासो तथा वन र वातावरण सम्बन्धी कार्यक्रम सन्चालन गर्नुभएको थियो । यहीँ कार्यक्रमबाट उहाँले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाउनुभएको थियो ।

उहाँलाई २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले वरिष्ठ पत्रकार सम्मानसमेत प्रदान गरेको थियो ।