बुढीनन्दामा निमित्तको जिम्मेवारी सन्तोष कुमार साहलाई

काठामाडौँ, बैशाख ४ गते। बाजुराको बुढीनन्दा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी डा।सन्तोष कुमार साहलाई दिइएको छ । स्थानीय सरकार सञ्चालन एन २०७४ को दफा ८४ को उपदफा ९४० अनुसार साहलाई सो पदको जिम्मेवारी दिइएको हो ।

नगरपालिकाले पठाएको पत्र अनुसार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नआएसम्मको लागि साहलाई निमित्तको रुपमा नगरपालिकाको सम्पूर्ण कामकाज समाल्नेगरि साहलाई सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहिँ बैशाख ३ गते पत्र पठाएको छ ।

साह नेपाल स्वास्थ्य सेवा आयुर्वेद समुह अधिकृत स्तर छैटौ तहमा कार्यरत कर्मचारी हुनुहन्छ ।