प्रतिनिधिसभा नवनिर्वाचित सांसद रवि र स्वर्णिमले लिनुभयो शपथ

काठमाडौं, वैशाख १५ । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने, स्वर्णिम वाग्ले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन–२ बाट लामिछाने र तनहुँ–१ बाट वाग्ले निर्वाचित हुनुभएको थियो ।