हल्दिबारी गाउँपालिकाबाट श्रम स्वीकृति दिन सुरू

हल्दिबारी, वैशाख १७ गते । झापाको हल्दिवारी गाउँपालिकाले आइतबारबाट श्रम स्वीकृति दिन थालेको छ । गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतको निस्सा प्रदान गरेर श्रम स्वीकृत दिन प्रारम्भ गर्नुभएको हो ।

१ वैशाखको नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम स्वीकृत दिने निर्णयअनुसार आइतबारबाट हल्दिबारी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको हो ।

आइतबार हल्दिबारी–४ का देवी खतिवडालाई श्रम स्वीकृतिको निस्सा दिएर सुरुवात गरिएको हो ।