टुकुचा मिचिएर बनाइएका संरचना भत्काउने र खोलालाई पूर्णता दिने काम चाँडै सुरु हुन्छ : मेयर बालेन

काठमाडौँ, वैशाख २५ गते । काठमाडौँ उपत्यकाको इतिहास जोडिएको टुकुचा खोला खोला नै भएको उच्च अदालत पाटनले फैसला गरेको छ । खोला नभई ढल भएको भन्दै अदालतमा परेको मुद्दामा यस्तो फैसला आएसँगै काठमाडौँ महानगरपालिकाले तत्काल खोला मिचिएर बनाइएका संरचना भत्काउने र खोलालाई पूर्णता दिने काम चाँडै सुरु गर्ने जनाएको छ ।

काठमाडौँ महानगरका प्रमुख बालेन शाहले खोलाको टुकुचा खोला अर्थात् इच्छु मति नदिको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व भएको र यो प्रमाणित न्यायलयबाटै भएको भन्दै तत्काल खोला अधिग्रहण गरिएका संरचना हटाउन सुरु गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।