राष्ट्रपति र गृहमन्त्रीका विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, माघ १७ गते । राष्ट्रपति निर्वाचन र गृहमन्त्रीका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजपनि बस्ने भएको छ । पार्टी कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठक बस्ने छ । बैठक सोमबारबाट सुरु भएको थियो ।

रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिनु भएको थियो । उहाँ बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको आकलन छ ।

यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् ।

यस्तै राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ ।